ताजा समाचार

सोनम र ऐश्वर्याको दुष्मनि सकियाे

 

एजन्सी । बलिउड नायिका ऐश्वर्या राय र सोनमकपुर बीच लामो समयदेखि बोलचाल थिएन । तर, सोनमको बिहेपछि यी दुईको बोलचाल सुरु भएको छ।

केही दिनअघि सोनमको बिहेको रिसेप्सनमा ऐश्वर्या पति अभिषेक बच्चनसहित पुगेकी थिइन् । सोनम आफैंले ऐश्वर्यालाई भेटेर निमन्त्रणा गरेपछि उनी आएकी हुन् । त्यसअघिसम्म उनीहरुबीच पानी बाराबारको स्थिति थियो । तर, ऐश्वर्या सोनमको बिहेमा आएपछि उनीहरुबीच तिक्तता मेटिएको छ ।

सोनम र ऐश्वर्या लरियल पेरिसका ब्रान्ड एम्बेसडर हुन् । सन् २००९ मा कस्मेटिक ब्रान्ड लरियल पेरिसले सोनमलाई संयुक्त ब्रान्ड एम्बेसडर बनाउँदा ऐश्वर्या रुष्ट भएको खबर आएको थियो । उनले त्यतिबेला सोनमसँग रेड कार्पेटमा हिँड्न अस्वीकार गरेकी थिइन् । यता सोनमले पनि त्यसको बदला लिँदै एक कार्यक्रममा ऐश्वर्यालाई ‘आन्टी’ भनेर सम्वोधन गरिन् । आफ्नो बुवा अनिल कपुरको अपोजिटमा फिल्म गरेको हुनाले उनलाई आन्टी भनेको सोनमको स्पष्टोक्ति थियो । तर, आफूलाई आन्टी भनेको ऐश्वर्याले के रुचाएँथिन् । यही निहुमा उनीहरुबीच खटपट भयो, र बोलचालै बन्द भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org