ताजा समाचार

विदेशीने मायाको गीत

तिमी धुम्म देख्ता म दर्किन्छु चाँडै,
नरोऊ पियारी म फर्किन्छु चाँडै ।

विदाको छ बेला र जानै छ ऐले,
नतर्साइदेऊ भनेको छु मैले ।

सिसाको छ छाती म चर्किन्छु चाँडै,
नरोऊ पियारी म फर्किन्छु चाँडै ।

गर्यो कुण्डलीले सतायो, तथापि,
छुटानाम लामो हुनेछैन, साथी ।

छिचोलेर बाधा म तर्किन्छु चाँडै,
नरोऊ पियारी म फर्किन्छु चाँडै ।

म जे भन्छु गम्दै तिमी साख राख,
कुटुम्बादि हाँस्लान्, ल है, नाक राख ।

खुसी जिन्दगीमा म छर्किन्छु चाँडै,
नरोऊ पियारी म फर्किन्छु चाँडै ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org