ताजा समाचार

फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक पर्यटन विज्ञ समूहमा

जेठ १३, काठमाडाै । फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञ समूहमा मनोनित भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचार अनुसार, विवादित व्यक्ति विज्ञ समूहमा मनोनित भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध भएको छ ।

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञ समूहमा राखेको शाक्य तिनै व्यक्ति हुन् जसले फेवातालको ६५ मिटरभित्र कुनै संरचना बनाउन नपाइने नियमको धज्जी उडाउँदै किनारको १० मिटरभित्रै संरचनाको जगमै होटलको संरचना बनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org