ताजा समाचार

निशानको भुन्टी युट्युब ट्रेन्डिङ वानमा, अरु कसले पछ्याइरहेका छन् त उनको गितलाई ?

काठमाडाैं १४, जेष्ठ । नेपालको चर्चित गायन रियालिटि शो नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराईको पहिलो गित ‘भुन्टी’ को म्युजिक भिडियो युट्युबको ट्रेन्डिङ वानमा छ  ।

ठमेल बजारकी मोडल अलिशा राईसंग निशान भट्टराईले  स्क्रिन सेयर गरेका छन् ।

राजेन्द्र भट्टराई ‘मिस्टर आरजे’को लय तथा शब्दमा बनेको भुन्टीको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् भने मनोज बस्नेतले निर्माण गरेका हुन्।

भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका छन् ।

गायक निशान भट्टराई नेपाल आइडलका फर्स्ट रनरअप समेत हुन् ।

भिडियोलाई एट के एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अरु कुन गितले पछ्याइरहेका छन् त निशानको भुन्टीलाई युट्युबमा ?

१, प्रदाश सपुतको बोल माया शिर्षकको गित

२, गोरेले अदालतमा दिए यस्तो बयान, गोरेको घर पुग्दा जे देखियो

३, दिपक बज्राचार्यको मन मगन

४, हिन्दी फिल्म हेइ बेबी

५, त्रिशाला गुरुङको कभर गित सपना भई

हेराैं निशान भट्टराईको उक्त गितको भिडियो:

सम्बन्धित समाचार:

निशान भट्टराईको पहिलो अफिसियल गीत भुन्टी सार्वजनिक

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org