ताजा समाचार

बलिउड अभिनेता गोबिन्दाले मन्दिरमा भैसी काटेकै हुन त ?

काठमाडाैं १६, जेष्ठ । बलिउडमा कहिले के त कहिले कै के विषयले चर्चा बटुलेकै हुन्छ । यस्तै, अभिनेता गोविन्दामाथि मन्दिरमा भैंसी बली दिएको भन्ने विषयले उनी विवादमा तानिएका छन् ।

गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको भन्दै आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै टि्वटरमा लेखेका थिए, ‘भगवानले कहिले पनि पशु बली माग्नु हुन्न । पशुको बली दिन होइन, बलिदान गर्न सिक्नुस गोविन्दा जी ।’

उनको यो टि्वटले ठूलै तरंग ल्याएको छ । मानिसहरु गोविन्दाको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । हिन्दूवादीहरुले भने गोविन्दाको बचाउ गरेका छन् ।

विवाद चर्किँदै गएपछि मन्दिर व्यवस्थापनले यस विषयमा प्रष्टिकरण दिएको छ । उसले गोविन्दाले भैसीं काटेको कुराको खन्डन गरेको छ ।
‘गोविन्दा यहाँ आउनुभएको थियो, र केवल १५ मिनेट बिताउनुभयो । उहाँले भैैंसी बलि दिएको कसैले देखेको छैन,’ मन्दिर व्यवस्थापन समितिका सदस्य भुपेश शर्माले भने ।

उनले मन्दिरमा दर्शन गर्न दैनिक २० हजार मानिसहरु आउने गरेको र उनीहरुमध्ये ५० जनाले मात्र पशुबली दिने गरेको उल्लेख गरे । साथै, पशुवली हिन्दूधर्मको एउटा प्रथा भएकाले यसलाई रोक्न नसकिने उनको तर्क छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org