ताजा समाचार

सनी लियोनी घोडा चढेपछि यस्तो भयो…

काठमाडाैं १७, जेष्ठ। आफ्नो आउँदै गरेको फिल्म वीरमादेवीको लागि बलिउड अभिनेत्री सनी लियोनीले अहिले घोडा चढ्ने अभ्यास गर्दैछिन् ।

अभ्यास गर्दै गर्दाको भिडियो उनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यो दक्षिण भारतीय फिल्म हो तमिल–तेलुगु भाषामा बनिरहेको यो फिल्म मलायालम, कन्नड र हिन्दीमा पनि रिलिज हुनेछ ।

यसअघि सनी कैयौं साउथ फिल्मका गीतमा देखिएकी छिन् । तर पहिलो पटक उनी साउथ फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी हुन् । अहिले फिल्मको शुटिङ चलिरहेको छ । यो फिल्ममा बाहुबलीमा जस्तै ठूलो परिमाणमा भिडियो इफेक्ट र एनिमेसन प्रयोग गरिने बताइएको छ ।

भिडियो हेर्नुहोस्:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org