ताजा समाचार

पहिलो पटक सेक्स गर्दै हुनुन्छ ? उसो भए यि तरिका अपनाउनुस्…

काठमाडाैं १७, जेष्ठ । सेक्सका बारेमा आजभोलि मानिसहरु खुल्न थालेका छन् । सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स जाडी आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?

कन्डम नभुल्नुस्ः

तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउँछ ।

हरपल रोमान्चित रहनुसः

खासगरी पहिलोपटक सेक्स गर्नेबेला पुरुषहरुले आफ्नो राम्रो भूमिका प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् । तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।

धैर्यता अपनाउनुसः

तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।

लुब्रिकेन्ट्सको प्रयोग

पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ ।

र अर्को कुरा यो पनि…

 

पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ ।

पार्टनरको चाहना ख्याल राख्नुस्ः

आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोली विहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ । तर, बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।

समस्या आउन सक्छ

धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् । बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन् ।

कोही पनि बेस्ट हुदैन

तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैन । यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन । सेक्समा कोही पनि उत्कृष्ट हुँदैन । नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीवन बन्छ ।

सेक्सपछि के गर्ने ?

सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन सक्नु हुन्छ । जस्तो कि सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नु हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org