ताजा समाचार

‘सीताको अपहरण रावणले होइन रामले गरेका थिए’

काठमाडाैं १८, जेष्ठ । सीताको अपरहण कसले गरे ? साना बालबालिकाले पनि यसको सही जवाफ दिन सक्छन् । तर गुजरात बोर्डको कक्षा १२ को संस्कृतको किताबमा सीताको अपहरण रावणले नभई रामले गरेको लेखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार उक्त किताबको पेज नम्बर – १०६ मा लेखिएको छ, ‘जब रामले सीताको अपहरण गरे तब लक्ष्मणले रामसँग निकै मार्मिक कुरा गरे ।’

गुजरातका बोर्ड अफ स्कूल टेक्स्टबुक्सका अध्यक्ष डा. नितिन पेठानीसँग जब यसबारे सोधियो तब उनले सुरुमा यसबारे जानकारी नभएको बताए । तर पछि यसमा भएको गल्ती स्विकारे ।

‘अनुवादका क्रममा रावणलाई राम भनी रिप्लेस गर्दा यस्तो गल्ती भएको हो,’ पेठानीले भने ।

यो गल्ती संस्कृतिका प्रसिद्ध कवि कालिदासको रचना ‘रघुवंशम’ को अंशमा भएको हो । एजेन्सीको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org