ताजा समाचार

अविवाहित बलिउड नायिकाको निधन

काठमाडाैं १८, जेष्ठ । बलिउड नायिका अनिता सिन्हाको मृत्यु भएकाे छ ।

बिहिबार विहान सिद्धार्थ नगर मुम्बईस्थित एक अस्पतालमा उनले अन्तिम सास फेरिन् । अनिताले सन् १९७४ को फिल्म रोटीमा सानो भुमिका निभाएकी थिइन् । निर्देशक मनमोहन देसाईको उक्त फिल्ममा राजेश खन्ना र मुमताज मुख्य भूमिकामा थिए । अनिताको मृत्युको कारण स्पष्ट हुन नसकेको भारतीय समाचार माध्यमले बताएका छन् ।

धर्मपुत्रले गर्नेछन् अन्तिम संस्कारः

अनिताका पिता लखनउमा बस्थे र किशोर कुमारमा नजिकका व्यक्तिमा गनिन्थे । अनिताले जीवनभरी विवाह गरिनन् । उनले एक धर्मपुत्र बनाएकी थिइन् जसले उनको अन्तिम संस्कार गर्ने बताइएको छ ।

अनिताले आफ्नो करियरको सुरुवात जुनियर आर्टिस्टको रुपमा गरेकी थिइन् । पछि उनी थुप्रै फिल्ममा नायिकाको बडी डबलको रुपमा देखिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org