ताजा समाचार

करिनाको प्रतिप्रश्न बच्चाको आमाले छोटा कपडा लगाउन नहुने किन ?

काठमाडाैं १८, जेष्ठ । बलिउडमा सेलिब्रेटिका साना साना कुराले तहल्का पिट्ने गर्दछ तर यो पटक बने भिन्ने कुराले बलिउडमा सनसनी मच्चाइरहेको छ ।

अभिनेत्री करिना कपुरको छोटो पहिरनमाथि उनका श्रीमान सैफ अलि खानले कार्यक्रम स्थलमै कपडा चेन्ज गरेर आउन भनेको बन्ने कुराले बजारमा तरङ्ग पैदा गरेको थियो भने करिनाले श्रीमानको कुरा ठाडै अस्विकार गरेकी तिइन् ।

करिनाको पहिरन उनकै श्रीमानलाई चित्त नबुझिरहेको अवस्थामा अरुले त झन् प्रश्न उठाउने नै भए । हुन पनि सार्वजनिक कार्यक्रमहरुमा उनको ड्रेसअप हेर्दा लाग्दैन कि बच्चाकी आमा हुन् । उनी पारदर्शी र छोटा लुगा लगाएर हिँड्न हिच्किचाउँदिनन् । यसले सामाजिक सञ्जालमा उनको खुब आलोचना हुने गरेको छ ।

करिनाले बच्चाको आमाले छोटा लुगा लगाउन किन नहुने भनेर प्रति प्रश्न गरेर यसको बारेमा आफ्नो स्वतन्त्रता आफैसंग सुरक्षित रहेको जनासकेकी छिन् ।

करिनाले भनिन्, ‘हरेक मानिसले त्यस्तो कपडा लगाउनुपर्छ जुन उसलाई सुहाउँछ । जे लगाउँदा उ राम्रो देखिन्छ । बच्चाको आमाका लागि अर्को कुनै नियम छैन ।’

उनले आफ्नो परिवारको उदाहरण दिँदै भनिन्, ‘मेरी आमा बबिता मोर्डन कपडा लगाउनुहुन्छ । जिन्स र टपमा उहाँ निकै खुल्नुहुन्छ । के तपाईंहरुले मेरी सासु (शर्मिला टैगोर) लाई देख्नुभएको छ ? उहाँ जिन्स र सर्टमा शानदार देखिनुहुन्छ । ठिक त्यति नै जति सिल्क साडीमा देखिनुहुन्छ । म यस्तो परिवारुकी सदस्य हुँ, जहाँ महिलाहरुले त्यही लुगा लगाउँछन्, जुन उनीहरुलाई मन पर्छ ।’

करिना अगाडि भन्छिन्, ‘आमा हुनुको अर्थ यो होइन कि उनले अब छोटा लुगा लगाउन सक्दिनन् । यदि तपाईंमा आफ्नो शरीरलाई देखाउने कन्फिडेेन्स छ भन्ने निर्धक्क लगाउनुस । म गर्भवती हुँदा धेरै किसिमका कुराहरु सुन्नुपथ्र्यो । मैले ती सबैलाई पन्छाएँ । समाजले महिलाहरुलाई आफू खुशी जिउने स्वतन्त्रता दिनुपर्छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org