ताजा समाचार

‘बाटो गल्लिको देवता’ बोलको गित लिएर आए रामकृष्ण ढकाल

काठमाडाैं २०, जेष्ठ । गायक रामकृष्ण ढकालले भिन्न स्वाद गित लिएर बजारमा आएका छन् ।

आधुनिक गितका राजा मानिने उनले फरक गित ‘बाटो गल्लीको देवता म छैन मेरो सुनको गजूर’ बोलको गीतले ‘गल्लीको देवताको आवाज’ बोल्छ भन्दै नयाँ सिर्जनाका साथ स्रोतामाझ आएको बताएका छन् ।

यो गीत मनिष वशिष्ठले लेखेका हुन् भने शुशान्त गौतमले संगीत दिएका हुन् । ढकालले नाम चलेका मन्दिरमा तिर्थ यात्रा गर्न देश विदेश-धाउने तर, सडक गल्लीमा रहेका मन्दिर र मुर्तिहरुलाई हेला गर्ने प्रवृत्तिमाथि गीत आधारित रहेको बताए ।

गितमा फरकपना भएको बताउदै उनले कुनै पनि इलेक्ट्रोनिक बाजाको प्रयोग नगरेको जानकारी दिएका छन् ।

गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भन्डारीलगायत कलाकारहरुले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

हेर्नुहोस उक्त गित:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org