ताजा समाचार

सुरजलाई झुम्का झुम्कावालीले सताएपछि…

काठमाडाैं २१, जेष्ठ । सुरज कालाखेतिको ‘झुम्का झुम्कावाली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एलेक्स गोले (तामाङ)को निर्देशनमा बनेको गितमा सुरज कालाखेतिले स्वर दिएका छन् । राजेन्द्र बजगाईंको लय तथा शब्दमा निरज महत्तो र बिष्णु श्रेष्ठले छायाकंन गरेका हुन् ।

गितको भिडियो निर्माण गर्न निरज महत्तोले ड्रोन क्यामेराको समेत प्रयोग गरेका छन् ।

गायक कालाखेतीले पहिलो गीत ‘तिमी बिना’ सार्वजनिक भएको केहि समय पछि दास्रो गीत सार्वजनिक गरेका हुन् । सो गीतमा नेपाल गोल्डेन आइडल सिजन ५ की विजेता पुष्पा अधिकारी र एलेक्स तामाङले अभिनय गरेका छन् ।

गायक कालाखेती कमल खत्रीको आयोजनामा सुरु गरिएको कबर कम्पिटिसनमा विजयी भएका थिए भने नेपाल गोल्डेन आइडल सिजन ५ मा दोस्रो भएका थिए ।

हेराै भिडियो सहित:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org