ताजा समाचार

एसएसपी खत्रीलाई झुम्का कारागार लगियो किन ?

काठमाडौँ २२, जेष्ठ । सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा निलम्वित एसएसपी श्याम बहादुर खत्री गोरे रहेको कारागारमा बस्न नमानेपछि सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ ।

खत्रीले मोरङ कारागारमा गोरेसंग बस्दा आफ्नो ज्यान खतरामा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गर्दै आएका थिए । माग अनुसार खत्रीलाई झुम्का लगिएको डिएसपी निशान्त थापाले बताए।यसअघि उनलाई मोरङ कारागारमा राखिएको थियो ।

३३ किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीबार अदालतमा पुगेका थिए।

सुन प्रकरणमा समातिएका गोरे बाहेकका अन्य अभियुक्त पनि झुम्कामै राखिएका छन्। थुनामा रहेका प्रहरी अधिकारीलाई पनि झुम्कामा नै राखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org