ताजा समाचार

युवा क्रिकेटर सन्दीप गायक पनि, पहिलो गीत रिलिज (भिडियोसहित)

काठमाडाैं २४, जेष्ठ । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले गित गाउछन भन्दा छिट्टै पत्यार नलाग्न सक्छ तर उनी क्रिकेटर मात्र नभई अबदेखि गायक समेत बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ ।

सन्दीपले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत  रिलिज गरेका छन् । उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् ।

सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

उनको स्वर गजबकाे सुनिएकाे छ । उनले गाएकाे गित रोमान्टिक र मेलोडियस छ ।

हेर्नुहोस गित:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org