ताजा समाचार

म्याच फिक्सिङका आरोपी सागर थापासहित ६ जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ दिएको छ ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

उनीसँगै पक्राउ पर्नेमा उपकप्तान सन्दीप राई,  गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसी रहेका थिए ।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org