ताजा समाचार

रियल छोड्ने तयारीमा रोनाल्डो

काठमाडाैं २४, जेष्ठ । रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्ने भएका छन् । स्पेनिस अनलाइन पत्रिका मार्काले रोनाल्डो र क्लबबीच सम्झौतामा कुरा नमिलेपछि रियल छाड्ने उल्लेख गरेको छ ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्झौताका विषयमा असमति भएपछि रोनाल्डोले रियल छाड्ने निर्णय गरेको मार्काले पोर्चुगलको मिडियालाई उद्धत गर्दै लेखेको छ ।

गत मंगलबार भएको वार्तामा नयाँ सम्झौताअनुसार रोनाल्डोका माग पूरा गर्न क्लब तयार नभएपछि त्यस्तो निर्णय लिएको हुनसक्ने रियलका जनरल डाइरेक्टर जोस एञ्जल स्यान्चेरले मार्कासँग बताएका छन् ।

आफूसँग गरिएका वाचाहरु पूरा नगरेको भन्दै रोनाल्डो अध्यक्ष पेरेजसँग रुष्ट भएको बताइएको छ ।

केही दिनअघि मात्रै प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडबाट राजीनामा दिएका थिए । रियलका पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग राम्रो सम्बन्ध रहेका रोनाल्डोको सफलतामा जिदानको योगदान भएको मार्काले उल्लेख गरेको छ । त्यस्तै, यसलाई पनि रोनाल्डोले रियल छाड्न लागेको कारणको रुपमा उल्लेख गरेको छ । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org