ताजा समाचार

नाजिर र केकीको मायाँसंगै झगडाको पोको ‘राज्जा रानी’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडाैं २५, जेष्ठ । मधेशी समुदायमा रहेको दाइजो प्रथा  र तराईको समस्कृतिमाथी बनेको चलचित्र ‘राज्जा रानी’ युट्युबमा सार्वजनिक भएको छ ।

गत पौष २१ गते देखी अल नेपाल प्रर्दशनमा आएको चलचित्र ‘राज्जा रानी’ हिजो बुढा सुब्बको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनीको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् भने यो फिल्म नायिका केकी अधिकारीको डेब्यु निर्मित चलचित्र हो । बाँकेमा सम्पूर्ण छायांकन गरिएको फिल्मले एक प्रेमकथा भित्रको दाइजोलाई प्रस्तुत गरेको छ । फिल्मलाई राजकुमार र एमके पौडेलको संयुक्त लगानी रहेको थियो ।

चलचित्रमा नाजिर र केकीसँगै कामेश्वर चौरसिया, दिपक क्षेत्री, अरुण रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन । चलचित्रको निर्माण संयोजक कलाकार निर्मल शर्मा गैडा रहेका छन् । 

हेर्नुहोस् फिल्म

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org