ताजा समाचार

विश्वकप खेल्ने खेलाडीको उमेरका कुरा, १९ वर्षका अर्जानीदेखि ४५ वर्षका हदारीसम्म

काठमाडौं २५, जेष्ठ । लात्तिले हिर्काउने खेल अर्थात फुटबल, यतिबेला सर्वाधिक चर्चाको चिषय बन्न पुगेको छ कारण हो आउदै गरेको विश्वकप ।

उसो भए खेलाडिका कुरा पनि सामान्य हुने कुरै भएन । खेलाडिको उमेर, प्रेम सम्बन्ध, खानपान लगायत हरेक कुरा आम मानिसलाईलाई जान्न सुन्न इच्छा हुनु स्वभाविक नै हो । आज हामि विश्वकपमा खेल्ने खेलाडीमध्ये सबैभन्दा पाको र कान्छो खेलाडीको  मात्रै होिन कुन देशका खेलाडि आैडत रुपमा कति उमेर समुहका छन त ? यो बारेमा जानकारी दिन लागेका छाैँ ।

रसिया विश्वकपमा यसपटक इजिप्टका गोलकिपर इसाम एल हदारी सबैभन्दा पाका खेलाडी हुन् ।

सन् १९९६ देखि राष्ट्रिय टिममा रहेका हदारी अहिले ४५ वर्ष ४ महिनाका भए । इजिप्टबाट उनले १ सय ५८ खेल खेलिसकेका छन् । हदारीपछि मेक्सिको टिममा रहेका राफेल मार्केज अर्का पाका खेलाडी हुन् । उनी ३९ वर्ष ३ महिनाका भए ।

पाका खेलाडीको सूचीमा तेस्रो नम्बरमा रसियाका सर्जी इगानसेभिक रहेका छन् । उनी ३८ वर्ष १० महिनाका भए ।

यस्तै रसिया विश्वकपमा कान्छा खेलाडीको सूचीमा अस्ट्रेलियाका ड्यानियल अर्जानी रहेका छन् । विश्वकप खेल्नेको सूचीमा सन् १९९९ पछि जन्मिएका खेलाडी उनी मात्रै हुन् । उनी १९ वर्ष ५ महिनाका भए ।

अर्जानीसँगै १९ वर्षका अरु ६ खेलाडी पनि विश्वकपमा सामेल हुँदैछन् । जसमा फ्रान्सका केलियन एम्बाप्पे, मोरक्कोका अचरफ हाकिमी, नाइजेरियाका फ्रान्सिस उजोहो, इंग्ल्याण्डका टे्रन्ट अलेक्जेण्डर आर्नोल्ड, सेनेगलका मौसा वाग्वी र पानामाका जस लुइस रोड्रिग्वेज रहेका छन् ।

युवा नाइजेरियाको, पाको पानामा

टिममा रहेका सबै खेलाडीको औसत उमेर हेर्दा सबैभन्दा युवा खेलाडीको टोली नाइजेरियामा देखिएको छ । उनीहरुको औसत उमेर २५ वर्ष ९ महिना रहेको छ ।

यस्तै औसत उमेरलाई हेर्दा सबैभन्दा पाका खेलाडीको समूह पानामाको रहेको छ । उनीहरुको औसत उमेर २९ वर्ष ६ महिना रहेको छ । विश्वकपको समूह ‘ई’ मा रहेको कोस्टा रिकाको पनि पानामाको खेलाडीको भन्दा केही दिनले मात्रै कम औसत उमेर २९ वर्ष ६ महिना नै रहेको छ ।

कुन टोलीको औसत उमेर कति ?

नाइजेरिया – २५ वर्ष ९ महिना
फ्रान्स – २६ वर्ष
इंग्ल्याण्ड – २६ वर्ष
ट्युनिसिया – २६ वर्ष ५ महिना
सर्बिया – २६ वर्ष ८ महिना
जर्मनी – २७ वर्ष १ महिना
डेनमार्क – २७ वर्ष १ महिना
सेनेगल – २७ वर्ष २ महिना
स्वीट्जरल्याण्ड – २७ वर्ष २ महिना
इरान – २७ वर्ष २ महिना
मोरक्को – २७ वर्ष २ महिना
पेरु – २७ वर्ष ४ महिना
बेल्जियम – २७ वर्ष ६ महिना
दक्षिण कोरिया – २७ वर्ष ८ महिना
क्रोएसिया – २७ वर्ष ९ महिना
कोलम्बिया – २८ वर्ष १ महिना
उरुग्वे – २८ वर्ष १ महिना
अस्ट्रेलिया – २८ वर्ष १ महिना
स्वीडेन – २८ वर्ष २ महिना
पोल्याण्ड – २८ वर्ष ३ महिना
पोर्चुगल – २८ वर्ष ४ महिना
स्पेन – २८ वर्ष ५ महिना
जापान – २८ वर्ष ६ महिना
आइसल्याण्ड – २८ वर्ष ६ महिना
ब्राजिल – २८ वर्ष ६ महिना
साउदी अरेबिया – २८ वर्ष ७ महिना
रसिया – २८ वर्ष ८ महिना
इजिप्ट – २९ वर्ष
अर्जेन्टिना – २९ वर्ष ३ महिना
मेक्सिको – २९ वर्ष ४ महिना
कोस्टारिका – २९ वर्ष ६ महिना
पानामा – २९ वर्ष ६ महिना

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org