ताजा समाचार

विश्वकप फुटबल लाइभ: नेपाली भाषामा कमेन्ट्री गर्दै ‘डिस होम एक्सन स्पोर्टस्’

काठमाडौं २७, जेष्ठ । विश्वकप फुटबलको आधिकारिक प्रत्यक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । तर, नेपाली भाषामा कमेन्ट्री सहित डिस होम एक्सन स्पोर्ट्सले गर्ने भएको हो ।

नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ टिप्पणीकार संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् । डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भषामा कमेन्ट्री गर्न लागेको जनाएको छ ।

यसबाहेक खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु डिस होमले प्रसारण गर्नेछ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन्।

डिस होमले सार्वजनिक गरेको प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन लगायत देखिएका छन्।

फुटबल बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राई लगायतका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिनेछ। उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन्।

फुटबलको महाकुम्भ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org