ताजा समाचार

बाहुनवादका नाममा रोटी खान नपाउनेका लागि….

काठमाडाैं २८, जेष्ठ । बाहुनवाद भन्न वित्तिकै हामी केहि अमुक जाती जो ब्राहमण समुदायमा पर्दछन तिनैलाई सम्झन्छाै । तर, बाहुनवाद एउटा यस्तो कुरा हो जसले समाज, समुदाय, राष्ट्र र सिंगो विश्वलाई नै आफ्नो पोल्टामा राखेको हुन्छ ।

संस्कृत भाषाको शब्दावली ब्राह्मणबाद भारतमा बढी प्रचलन र प्रयोगमा आएको भएतापनि नेपालको सन्दर्भमा भने ब्राह्मणवादको समानार्थी शब्द बाहुनवाद दलितमुक्ति आन्दोलन ,आदिवासी-जनजाति मुक्ति आन्दोलनसंग जोडिएर नेपालमा करिव दुई दशक वरपर देखि दलित,आदिवासी जनजाति र केही कम्यूनिष्टहरुले प्रयोग गर्ने गरेको बहुप्रचलित संस्कृत भाषाको पदावली हो ।

संस्कृत भाषा ‘बाहुन’ शब्दको पछाडि ‘वाद’ प्रत्यय जोडिएर बनेको बाहुनवाद हिन्दूवादको मूल मेरुदण्ड हो । रुपमा बाहुन जातिको प्रतिनिधिमूलक परिचयात्मक शब्दावली बाहुनवाद देखिएतापनि सारमा भने बाहुनवाद, हिन्दूवाद रुढिवादको पक्षपोषण गर्ने बाहुन र यससँग सम्बन्धित पक्ष हो । सनातन हिन्दूधर्म हिन्दूवादको वकालत पक्षपोषण गर्नेहरु नै बाहुनवादी हुन् भने बाहुनवादीनै हिन्दूवादी हुन् । बाहुनवाद शव्द प्रयोगमा श्रमजीवी गरिव वा शोषित पीडित हिन्दूवादको पृथकता बोकेका बाहुन वा अन्यले भने आपत्ति मान्नुपर्ने वा चित्त दुखाउनु पर्ने कुनै कारण देखिदैन । बाहुनवादको खास विशेषता भन्न नै सामाजिक चेतना,राजनीति, अर्थनीति, नैतिकता, कानुन सौन्दर्य सबैलाई धर्मको अधीनमा राख्नु हो । यसले आफ्नो विरोध र आलोचना गर्नेलाइ मनुस्मृतिको मनुसंहिताले सिस्नो पानी लगाउँदछ ।

विश्मा भएका बाहुनवादका ज्वलन्त उदाहरणला रुपमा लिन सकिन्छ अमेरिका । अमेरिका यस्तो मुलुक हो जो जतिबेला पनि आफ्नो विरुद्वामा या उसको स्वार्थ बाहिर गयो भने पुरै विश्वका सामू घुडा टिकाउछ । उत्तर कोरियाका नेता किम तानासाहबाट एकाएक लोकतान्त्रिक नेताका रुपमा परिणत भएर सोहि मुलुकका राष्ट्रपति ट्रम्पलाई भेट्न सिंगापुर आउनुले नै यो कुराको पुष्टि गरेको छ ।

आखिर बाहुनवाद भनेको के हो त ?  हामी नेपालीमा बाहुनवादका बारेमा अधिकांस चेतना भनेको ब्राहमणलाई नै बुझ्ने गरिन्छ तर त्यो विल्कुलै गलत र भ्रमपूर्ण कुरा हो । नेपाली समुदायमा नेपालको राजनीति देखि धेरैजस्तो अगुवाइका काम ब्राहमण र क्षेत्री समुदायका मानिसबाट हुनु नै यहाँ भएको विभेद मान्ने गरिएको छ ।

विभेदका स्वरुप र आकारका बारेमा भने यसै भन्न सकिन्न तर जातिय छुवाछुत, बोक्सी लगायतका धार्मिक कुरालाई लिएर गरिने सवै खाले कुराको अन्त्य जरै देखि हुन जरुरी छ तर, समावेशीकरणका रुपमा भएका सवै खाले कोटाहरु हटाएर स्वच्छ प्रतिस्पर्धाको विकास जहिले सम्म गराउन सकिदैन तव सम्म बाहुनवादको अन्त्य हुने देखिदैन ।

अहिले विभिन्न मठ मन्दिर लगायतका धार्मिक कार्य हुने ठाउँमा निर्वाध प्रवेश दिइन्छ र दिनु पर्छ ।

पेशाका आधारमा छुट्याइएको जात जातीले साँच्चिकै मानिसको जिवनस्तर उकास्न भने सहज हुने बाटोको सुरुवात  हो । एउटा कालिगढले खुकुरी तयार पारेर बेच्दा उसले कमसेकम ३ देखि ५ हजार सम्म कमाउन सक्छ भने कथित ब्राहमणले खेति किसानी गरेर वर्षभरीमा केहि अन्नबाली भित्र्याउला र कोहिले केहि परिणाममा बेच्ला तर सवैको जग्गा जमिन पनि छैन भने उ कुन समुदायमा पर्ला ? जो रोजीरोटीका लागि बिदेशिन्छ !

क्रमश…..

 

 

Comments

अरु समाचार

  • मुलुक विकासको पहिलो आधार ग्रामीण विकास मुलुक विकासको पहिलो आधार ग्रामीण विकास

    अनिल रुपाखेती/ विकास भनेको सकारात्मक रूपान्तरण हो । रूपान्तरण भन्नाले कुनै विषयवस्तुको रूपमा रही आएकोे अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको...

  • पृथ्वी जयन्ती र हाम्रा नेताका सोचाइ पृथ्वी जयन्ती र हाम्रा नेताका सोचाइ

      मोदनाथ प्रश्रित/सिङ्गै विश्वका मानव समाजको विकासक्रम आ–आफ्ना देशको भौतिक परिवेशको सही परिचालनबाट मात्र अगाडि बढ्न सक्तछ । हाम्रो धर्तीका...

  • कथा : नमिठो यात्रा कथा : नमिठो यात्रा

    सरस पाण्डे/काठमाडौँको बसुन्धाराको इसान अस्पतालमा साथी सुनिताको छोरी बिरामी भएर राखेको पाँच दिन भएको थियो । बिरामी भएकै दिन फोन गरेकी...

  • खस्कँदो शिक्षा, दोष कसको ? खस्कँदो शिक्षा, दोष कसको ?

    रमेश शुभेच्छु/प्राय: देशका नगरभित्रका सरकारी विद्यालयमा एक जना शिक्षकको भागमा औषतमा १०–१५ विद्यार्थी छन् । शैक्षिक गुणस्तर भने चित्त बुझ्दो...

  • कथा : बाजा बजाउने कुरा कथा : बाजा बजाउने कुरा

      नारायण नेपाल /एकताका, देउरालीमा एक तमाशको माहौल तयार भएको हुन्छ । जुनेली र रञ्जनको विहे फूलपाती साटासाट गरेर सम्पन्न...

  • कोरियामा ‘आज्ञाकारी दास’माथि यो कस्तो प्रहार कोरियामा ‘आज्ञाकारी दास’माथि यो कस्तो प्रहार

    मधुसुदन ओझा/ज्यालामा काम गर्ने प्रत्येक व्यक्ति श्रमिक हुन् । कोरियामा काम गर्ने स्वदेशी र विदेशी श्रमिकको कुल संख्या २ करोड...

  • लेख : चर्चलाई लाल कार्पेट ! लेख : चर्चलाई लाल कार्पेट !

      ‘प्रिय माक्र्स ! तिमीलाई तिम्रै शिष्यहरूले पो धोका दिए । बैरीहरू त, हिजो जस्ता थिए, आज पनि उस्तै छन् ।’ – जर्मन...

  • कथा : सम्झनामा यौटा मान्छे कथा : सम्झनामा यौटा मान्छे

    हामी कहिलेदेखि फेसबुकमा साथी भयौँ मलाई याद छैन । तर फेसबुकको भित्तामा उसले पोस्ट गरेका कुराहरूले मलाई भित्रैबाट छुन्थ्यो ।...

  • विकास र समृद्धिको यात्रा विकास र समृद्धिको यात्रा

    प्रथम सामाजिक सुरक्षा दिवसमा प्रधामन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भयो । प्रधानमन्त्रीको आलोचना हुनु भनेको सरकारको आलोचना हुनु हो...

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org