ताजा समाचार

सुन काण्डका कुरा: प्रहरीलाई भ्रष्टाचार र अन्यलाई सम्पत्ति शुद्विकरणको मुद्दा किन ?

काठमाडौं २८, जेष्ठ । चर्चित सुन काण्डमा एकपछि अर्को कुरा सतहमा आउने क्रम जारी छ  । सुन तस्करीका अबियुक्तहरुले अर्को मुद्दापनि खेप्नु पर्ने भएको छ ।

प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो ।

तस्करीका अभियुक्त गोरेसहित भुजुङ र डा. डेबिटलाई काठमाडाैं ल्याएर केन्द्रिय कारागार लगिएको छ । यस्तो अवस्थामा सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यको जफतसमेत गर्न सक्छ ।

प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी रहेको एक अधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org