ताजा समाचार

कस्ता प्रश्न थिए आखिर सञ्चारमन्त्रीको पारो तताउने, किन कार्यक्रम नै बन्द गराइयो (भिडियोसहित)

काठमाडौं २९, जेष्ठ । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको छ ।

कार्यक्रममा प्रश्नको जवाफमा केहि बाङ्गोटिङ्गो गरेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ठाडो आदेशमा सो बन्द गराइएको भन्दै कार्यक्रम संचालक राजु थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर आक्रोस पोखेका छन् ।

आखिर के लेखेका छन् त कार्यकरम संचालक थापाले हेर्नुहोस्:

अहिलेका सञ्चारमन्त्री बाँस्कोटा पूर्वपत्रकार नै हुन् ।

मन्त्री वास्कोटाले थापाले सञ्चालन गरेको कार्यक्रम बन्द गर्न दिएको निर्देशन लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ति निकाली त्यसको भत्सर्ना गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा कार्यक्रम बन्द भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सम्पत्ति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएका थिए ।

युनियनले विज्ञप्तिमा भनेको छ –कार्यक्रम‘सिधा प्रश्न’रोकिएको घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भएयता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ । पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ । हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ । ’

कस्ता प्रशन थिए जो कुराले राजु थापाको कार्यक्रम नै बन्द भयो हेर्नुहोस् भिडियोसहित:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org