ताजा समाचार

सलमानसंग अगालो मार्दै संजीव श्रीवास्तवले गरे कमाल (भिडियोसहित)

काठमाडाैं ३०, जेष्ट ।  सोनी इन्टरटेनमेन्ट टेलिभिजनमाबाट प्रशारण हुने कार्यक्रम ‘बनेगा मस्तिका माहुल जब आएंगे  इन्टरनेट सेन्सेसन’ मा संजीव श्रीवास्तवले धमाल मच्चाएका छन् ।

केहि दिन पहिले आफ्नो सालाको विवाहमा नाचेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि भारतको मध्यप्रदेशस्थित विधिसाका श्रीवास्तवको चर्चा आजसम्म पनि भइरहेको छ ।

उनको सो डान्स भिडियोको चर्चा बलिवुडका सेलिब्रेटी देखि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानले समेत गरेका छन । भारतका विभिन्न सेलिब्रेटी अर्जुन कपुरदेखि सुनिल शेठीसम्म संजीवको फ्यान बनेका छन् ।

यस्तै, उनको प्रख्याती यतिमा मात्र सिमित भएन अहिले सोनी इन्टरटेनमेन्ट टेलिभिजनमा सलमान खानका साथ उननले आफ्नो प्रस्तुति दिएका छन् ।

उनले डान्स गर्दा दर्शकहरु अत्यन्तै उत्साहित भएर ताली बजाइरहेका देखिन्छन भने ‘आपके आजाने से’ गितमा उनको डान्सले अब भने उनलाई चलचित्रमा अनुबन्ध गर्ने आशंका समेत गरिएको भारतिय मिडियाले जनाएका छन् ।

हेराै उक्त भिडियो:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org