ताजा समाचार

जिरोले जुरायो दुई खानलाई एकै पर्दामा देखिने अवसर, साहरुखले सलमानलाई गरे किस (भिडियोसहित)

काठमाडाैं ३१, जेष्ठ । बलिउडका किंग खान शाहरुख खानको चलचित्र “जिरो”को टिजर भिडियो सार्वजनिक भएको छ। एक रिर्पोटकाअनुसार जिरोको टिजर बलिउड सुपरस्टार सलमान खानको चलचित्र रेस-३ प्रदर्शनका दिन दर्शकलाई सरप्राइज गिफ्तको रुपमा दिइनेछ तर रिलिजको केही दिन अघि नै सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको जिरोको टिजरमा दुबै अभिनेता एकसाथ देखिएका छन्। टिजरको एक सिन छ जहाँ, दुबै अभिनेता बक्सिङ रिंगभित्र देखिएका छन्। दुई खानलाई एकसाथ हेर्न चाहेका दर्शकलाई जिरो चलचित्र यो अवसर प्राप्त भएको छ।

दुई खानलाई एकसाथ हेर्न पाउने दर्शकको चाहना भने जिरोले पूरा गरेको छ।

आनन्द एल रोयको निर्देशनमा बनेको चलचित्र जिरोमा शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भुमिकामाछन्। यस फिल्ममा शाहरुख खान होचो मानिसको रुपमा प्रस्तुत भएका छन्। हिमान्सु शर्माको लेखन रहेको फिल्मकोनिर्माता भने गौरी खान रहेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org