ताजा समाचार

फिल्म नखेल्न अभिषेकलाई ऐश्वर्याकाे सुझाव 

 

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्महरुको अफर आइरदैन ।  बल्लबल्ल अभिषेक एउटा फिल्ममा अफर अाएतापनि  उनकी पत्नी ऐश्वर्या रायले काम गर्न रोकेकी छन् ।

फिल्मको केन्द्रिय पात्र आफू नहुने भएकाले ऐश्वर्याले फिल्म नखेल्न अभिषेकलाई सुझाव दिएकी हुन् ।

सोनाली बोसले आफ्नो आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई अफर गरेकी थिइन् । यो फिल्म मोटिभेसनल स्पिकर आइसा चौधरीको वास्तविक जीवनमा आधारित रहेर बन्न लागेको हो । १३ वर्षदेखि ‘पल्मोनरी फिब्रोसिस’ बाट पिडित आइसाको १८ वर्षको उमेरमा सन् २०१५ मा मृत्यू भएको थियो ।

यस फिल्ममा आयसाको रोलमा दंगलकी अभिनेत्री जायरा वसिम कन्र्फम भइसकेकी छन् । उनको बाबुको रोलमा अभिषेकलाई अफर गरिएको थियो । आमाको रोल प्रियंकाले गर्ने बताइएको छ । प्रियंकासँग अभिषेकले यसअघि ‘दोस्ताना’, ‘द्रोण’, ‘ब्लफमास्टर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अभिषेकले आफूलाई अफर आएका फिल्मको बारेमा ऐश्वर्यालाई नसोधि निर्णय लिन सक्दैनन् । यो फिल्मका लागि पनि उनले पहिले ऐश्वर्यालाई सोधे । तर, ऐश्वर्याले नगर्न सुझाव दिएकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org