ताजा समाचार

प्रभु टिभी आज देखि सञ्चालनमा, १६ सय तिरे ६ महिनासम्म ढुक्क

काठमाडाैं ३, असार । विश्वकपको महाकुम्भ मेला चलिरहेका बेला प्रभु समूहले प्रभु डिजिटल टीभीको सेवा सुरु गरेको छ । प्रभु टीभीले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी–टी २) मा आधारित सेवा विस्तार गरेको हो ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले सेवाको प्रदर्शन गरी प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् । सूचना प्रविधिको विकासको क्रमसँगै ओटीटी प्रणालीमा आधरित भएर माबाईल, ट्याव्लेट तथा ल्यापटपमा समेत आफूले छानेको च्यानल हेर्न सकिने जनाइएको छ ।

प्रभु टिभी कलसाइन मार्फत डिभिबी-टिटु प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु उपलब्ध हुनेछन्।

उपत्यकाका लागि डिलरहरुको समेत व्यवस्था गरिएको जनाइएको छ भने, पहिलो चरणमा प्रभु टिभी काठमाडौं, चितवन र पोखरामा उपलब्ध हुने छ। त्यसपछि वुटवल, भैरहवा, नेपालगञ्ज लगायतका शहरहरुमा प्रशारण हुने छ।

त्यसमध्ये प्रभु टिभीले पहिलोपटक यो प्रविधिमा प्रसारण थालेको हो । अब सिग्नल रिसिभ गर्ने विकसित डिभाइस राख्दा एउटा च्यानल मात्रै होइन, थुप्रै च्यानल प्याकेजमै लिन सकिने छ ।

बेसिकमा र प्रिमियम प्याकेजमा आधारीत सेवा दिने प्रभु टिभीले जनाएको छ। प्रभुले एकल प्रयोगकर्ताको हकमा ६ महिनाको शुल्क एक हजार ६ सय, तथा सेटअप बक्स वापत एक रुपैयाँ तथा संस्थागत प्रयोगकर्ताको लागि मासिक २ सय, सेटअप बक्सलाई ८ सय पर्ने जनाइएको छ ।  सुरुका दिनमा २८ वटा एचडीसहित ६० ओटा च्यानल प्रदान गर्ने प्रभु टिभीले च्यानलको संख्या बढाउने र एचडी च्यालनको संख्या ३२ पुर्याउने जनाएको छ ।

प्रभु टिभीले आेटिटि प्याकेज अन्तरगत बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाल तथा अन्तर्राष्ट्रिय च्यानलहरु प्रशारण गर्ने छ।

टरेस्टिरियल प्रसारण गर्ने टेलिभिजनले फ्रिक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ  -सेकेन्ड जेनेरेसन टेरेस्टिरियल (डीभीबी-टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्टिरियल पनि भनिन्छ ।

नेपालमा सुरुवातमा टेरेस्टिरियल प्रविधिको प्रयोग गरेरै टिभी हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ । टेरेष्टिरियलको नयाँ प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट-टप बक्स अनिवार्य गरिएको छ ।

सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन । अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा अब यो पनि प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्टिरियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।

प्रभु समुह अन्तरगत बैकिङ्ग, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र संचारसंग सम्बन्धित विभिन्न कम्पनीहरु आवद्व रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org