ताजा समाचार

भैरेको ट्रेलर सार्वनजिक, दयाहाङ र बुद्वि तामाङले मच्चाउलान त धुम ? (भिडियिसहित)

काठमााडाैं ४, असार । आगामी श्रावन ४ गतेदेखि प्रदर्शनमा आउने‍ लागेको चलचित्र भैरेको ट्रेलर सार्वजनिक भएको छ ।

एभरेष्ट सुर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘भैरे’को ट्रेलर राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा कमेडी, प्रेम, रोमान्स र द्वन्द्वलाई झल्काइएको छ ।

दयाहाङ राइ स्टारर फिल्मको ट्रेलरमा लिड कलाकारहरु बुद्धि तामाङ, सुरक्षा पन्त, बर्षा शिवाकोटी, बिक्रान्त बस्नेत, जानवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, जयनन्द लामा लगायत फिचर छन् । फिल्मको कथा पनि निर्देशक बोहराको नै हो ।

आगामी श्रावण ४ बाट दर्शकमाझ आउन लागेको फिल्मलाई प्रेमप्रसाद पौडेल, देविमाया अधिकारी, लेखबहादुर पुनः, यम बराल लगायतले निर्माणमा साझेदारी गरेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालले संगीत भरेको ‘भैरे’मा कोरियोग्राफी कबिराज गहतराज, बसन्त श्रेष्ठ र रामजी लामिछानेको छ । द्वन्द्व सुर्य थोकरले निर्देशन गरेका छन् ।

हेर्नुहोस फिल्मको ट्रेलर:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org