ताजा समाचार

बाजेको सेकुवामा भण्डारीको चलखेल, ९ प्रतिशत कमिसनले डुबायो चर्चित ब्राण्डको नाम

काठकाडाैं, ५ असार। सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका  १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको छ।

सिलबन्दी नगरेका बाँकी कर्नर भने काठमाडाैंकाे  सिनामंगल, सातदोबाटो, गोगंबु, सुकेधारामा सञ्चालित छन् जुन ब्रान्ड साझेदारमात्रै हुन्।

सिलबन्धी नगरेका चार बाँकी सेकुवा कर्नेरमा चेतन भण्डारीको ६ देखि ९ प्रतिशत कमिसन पाउने गरेको खुलेको छ। बाजेको सेकुवा अन्तर्गत काठमाडौंको बत्तीसपुतली, अनामनगर, गोंगबु, लाविम मललगायतका १० ठाउँमा शाखा छन्।

त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रूपन्देही तथा अमेरिकामासमेत यसको आउटलेट सञ्चालनमा छ। सिलवन्दी नभएको बाँकी आउटलेटका सञ्चालकलाई बोलाएर समितिले चेतन भण्डारीको नाममा पुनः कमिसन दिए वा पार्टरसिप भएको थाहा पाए शिलवन्दी गर्ने चेतावनी दिएको छ। छानविन समितिका अनुसार बाजेको सेकुवा कर्नर नाम राखेर अरू नै कम्पनीमा दर्ता गरेको समेत देखिएको छ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न भएको आशंकामा बाजेको सेकुवा ब्रान्डको स्वामित्व भएका चेतनाथ भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ।

अदालतले भण्डारीलाई फरार सूचीमा राखेलगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवा ब्रान्डका १० आउटलेटमध्ये ५ वटामा थप अनुसन्धानका लागि भन्दै सिलबन्दी गरेको थियो।

भण्डारी हाल नेपालमा नरहेकाले उनीहरू र उनका आफन्तको नाममा सञ्चालित रहेका आउटलेट सिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको थियो। ३३ किलो सुन तस्करी काण्डकाे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका  १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org