ताजा समाचार

पनामा पेपर्स-२ मा मेस्सीको नाम मुछियो, करछली गरेको पनामा पेपर्सको ठोकुवा

काठमाडौं ७, असार । पनामा पेपर्स-२ मा चर्चित अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ। विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भनेर पनामा पेपर्स खुलासा भएको दुई वर्षपछि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसीआइजे) ले बुधबार राति अर्को खुलासा गरेको हो।

‘पनामा पेपर्स-२’ काअनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।

मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।

कर छलीको अघिल्लो खुलासा सार्वजनिक भएपछि मेसीलाई स्पेनिस कोर्टले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर (करिब २४ करोड रुपैयाँ) जरिवाना गर्ने सजाय सुनाएको थियो। तर, बीबीसीका अनुसार, ‘स्पेनको कानुन अनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नु नपर्ने व्यवस्थाका कारण’ उनी जेल बस्नु परेन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org