ताजा समाचार

मलेसिया प्रकरण पेचिलो बन्दै : अब कहिले जालान् त नेपाली कामदार ?

काठमाडौं,७ असार । अब नेपाल सरकारले मलेसियासँग श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने भएको छ । मलेसियासँग बारम्बार श्रम सम्झौताबारे बहस भएपनि यस बिषयमा टुंगोमा नलागेपछि अब सम्झौतामा हस्ताक्षर नभएसम्म नेपाली कामदार मलेसिया नपठाउने सरकारले निर्णय गरेको हो ।

मलेसियाका लागि जाने नेपाली कामदारबाट लिदैँ अाएकाे चर्काे शुल्क प्रणाली नहटेसम्म मलेसिया जाने कामदारलाई श्रम स्वीकृति नदिने श्रम विभागले जनाएकाे छ ।
श्रम सम्झौताबार मलेसियन सरकारले खासै चासाे नदेखाएका कारण यस्ताे कदम चालिएकाे मन्त्रालयले जनाएकाे छ ।

मलेसियामा गएका नेपाली कामदारले भनेजस्तो राम्रो तलब सुरक्षा पाउन नसकेको र यसलाई व्यवस्थित बनाउन सरकारले यो कदम चालेको मन्त्रालयले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org