ताजा समाचार

बैंकर्स संघले फेरी गर्यो ब्याज बढ्न नदिने भद्र सहमति, बचत ७%, मुद्दति ११%

काठमाडौं ७, असार । पाँच महिना पुरानो सहमति खारेजीसँगै ब्याज बढाबढको प्रतिस्पर्धा चलेपछि बैंकर्स संघले ऋणको ब्याजसमेत बढ्न नदिने गरी अर्को सहमति गरेको छ। सञ्चालनमा रहेका २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु सहभागी बैठकमा नयाँ सहमति बनेको हो।

सहमति अनुसार, संस्थागत निक्षेपकर्ताले अब साढे १० प्रतिशत मात्र ब्याज पाउने छन्। सर्वसाधारण निक्षेपकर्तालाई बढिमा ११ प्रतिशत ब्याज दिइने छ। यसअघिको सहमतिमा संस्थागतलाई ११.१५ प्रतिशतसम्म दिन पाइने थियो।

संघले ब्याज दरलाई अझ तल झार्नका लागि बचतको सीमा पनि घटाएको छ। पुरानो सहमति अनुसार ८ प्रतिशतसम्म बचतमा ब्याज दिन पाइन्थ्यो। बिहीबारको निर्णय अनुसार अब बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज दिने सहमति भएको छ।

नेपाल राष्ट्र बैंकको सहमतिमा संघले ब्याज दरलाई स्थायित्व दिन नयाँ निर्णय गरेको हो। राष्ट्र बैंकसँग भएको सहमति अनुसार कल डिपोजिटको ब्याज दर माथि जान नदिन मौद्रिक नीतिबाट संवोधन गरिने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org