ताजा समाचार

सुन काण्डः व्यवसायी पोद्दारको अपार्टमेन्टमा प्रहरीको छापा

काठमाडौं ७, असार। सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारेको छ ।

उनले अनुसन्धानको क्रममा मुख नखोलेपछि अनुसन्धान गर्न छापा मारिएको जनाइएको छ ।

सुन व्यवसायी पोदार डिल्लीबजारमा रहेको कार्यालयबाट मंगलवार समातिएका थिए। ३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्।  उनी व्यवसायी दिपक महलोत्राका व्यवसायियक साझेदार हुन् ।

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हाल नेपाल प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org