ताजा समाचार

‘रोमियो एण्ड मुना’ ट्रेलर रिलिज (भिडियोसहित)

काठमाडाैं ७, असार । फिल्म ‘रोमियो एण्ड’ मुनाको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा रोमियोले मुना पाउनको लागी कान काटेको सांकेतिक दृश्य जोड्न खोजिएको छ । जुन कुरा रोमियो एण्ड जुलियटको प्रेम कथाससँग जोडिन्छ ।

केटी घुमाउँदै हिड्ने एक युवक रोमियो उर्फ विनय अन्ततः मुनाको प्रेममा परेपछिका विभिन्न परिस्थितीको वरीपरी फिल्म घुम्छ । अभिनेत्री सुष्मा कार्की पनि एक दृश्यमा बोल्ड देखिन्छिन् । अर्की अभिनेत्री सुरक्षा पन्त पनि फिचर छिन् ।

फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेको हो। निर्देशक केसीले फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रस्तुत गरिएको बताए।फिल्ममा विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ ।

भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको रोमियो एण्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org