ताजा समाचार

सरकारले राेक्ने भाे गुणस्तरहीन विदेशी वस्तुको आयात : कस्ता वस्तु राेकिने भए त ?

काठमाडौं,८ असार । सरकारले अब विदेशबाट अायात हुने गुणस्तरहीन विदेशी वस्तुको रोक्ने तयारी गरेको छ ।

सरकारले स्वदेमै भएका उध्याे तथा उत्पादनलाई सुरक्षण गर्ने योजनाका साथ सेभगार्डस्, एन्टि डम्पिङ, तथा काउन्टरभेलिङ ऐनको मस्यौदा तयार गरेको हो ।

यो ऐन लागू भएपछि सस्तो तर, गुणस्तरहीन वस्तु ल्याएर नेपाली उत्पादनलाई चुनौति दिने अवस्थाको अन्त्य हुने दावी सरकारले गरेको छ ।

वाणिज्य मन्त्रालयलाई अनावश्यक र गुणस्तरहीन समानको आयात निरुत्साहित गर्न अर्थ मन्त्रालयले पनि आग्रह गरेको छ ।ऐनको प्रारम्भिक मस्यौदामात्रै तयार गरेर बसेको वाणिज्य मन्त्रालयले तीव्र रुपमा गृहकार्य गरेर एन्टिडम्पिङ ऐन ल्याउन लागेको हो ।

गुणस्तर नभएका विदेशि वस्तुकाे अायात राेकिएसँगै नेपाली उत्पादनलाई निरुत्साहित गर्ने गरी आउने वस्तुमाथि ‘एन्टिडम्पिङ शुल्क’ लगाउन सकिने एक प्रवक्ताले बताएका छन् ।

कस्ता सामान राेकिने ?

विदेशबाट सस्ताे मूल्यमा अाएका तर गुणस्तर नभएका लत्ताकपडा , खाद्यन्न लगाएतका विदेशि अायातित बस्तुमा सरकारले राेक लगाउने भएकाे छ । साथै  स्वास्थ्य, वातावरण र समाजलाई प्रतिकूल असर गर्ने सबै किसिमका आयातलाई सरकारले राेक्ने भएकाे छ ।

नेपालमा उत्पादन भएका वस्तुको आयातमा थप महशुल लगाउने र अनावश्यक महसुल भएमा पैठारी रोक्न सक्ने गरी ऐनको मस्यौदा तयारी सरकारले गरेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org