ताजा समाचार

इन्जुरी टाइममा काउटिन्हो र नेमारको गोलले ब्राजिल विजयी

काठमाडौं ८, असार । पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपमा पहिलो जित हात पारेको छ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ ।

ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

फिलिप काउटिन्हो र नेमारले इन्जुरी टाइममा गरेको गोल मद्दतमा ब्राजिलले कोस्टारिकालाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो। समूहको पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेको ब्राजिल २ खेलबाट ४ अंक जोड्दै शीर्ष सथानमा उक्लेको छ भने अन्तिम १६ को नजिक पुगेको छ ।

दोस्रो हाफको सुरुमै जेससले प्रहार गरेको बल पोष्टमा लाग्दा ब्राजिलले अग्रता लिने मौका गुमाएको थियो।

७९औँ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएको थियो। तर कवस्टारिकाको खेलाडीले अपल गरेपछि भिआरबाट रेफ्रीले उक्त पेनाल्टी दिएनन् ।

उता कोस्टारिकाले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा कवस्टारिका सर्बियासँग १-० ले नै पराजित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org