ताजा समाचार

सुरुवाती खेल जोगाउन नसक्दा सर्वियाको हार : जितसँगै स्वीट्जरल्यान्ड नकआउट चरण पुग्ने सम्भावना

एजेन्सी । स्वीट्जरल्यान्डले सर्वियामाथि जित हात पारेको छ । विश्वकप फुटबल अन्तर्गत समूह ‘इ’ को खेलमा स्वीट्जरल्यान्डले सर्वियालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

स्वीट्जरल्यान्डको जितका लागि छ्याहेदन साक्यिुरी र ग्रानिट छ्याहकाले गोल गरे ।  सर्वियाका लागि एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरेका थिए तर सर्वियाले आफ्नो सुरुवाती खेल राम्राे खेल्न नसक्दा हार बेहाेरेकाे छ ।

खेलको पाचौ मिनेटमा नै एलेक्जेन्डर मिट्रोभिकले गोल गर्दै सर्वियालाई १–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ५२औं मिनेटमा ग्रानिटले गोल गरे । पहिलो हाफसम्म १–० गोलले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल फर्काउन सफल भएको थियो । खेलको ९०औं मिनेटमा छ्याहेडन साक्यिुरीले गोल गर्दै स्वीट्जरल्यान्डलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

जितसँगै स्वीट्जरल्यान्डको २ खेलबाट १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । स्वीट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org