ताजा समाचार

स्वीडेनमाथि जर्मनीकाे जित, नकआउट चरणमा पुग्ने सम्भावना

एजेन्सी । जर्मनीले स्वीडेनलाई २-१ ले जितेकाे छ। समूहचरणबाट बाहिरिने खतरामा पुगेको जर्मनीले याे खेल जितेसँगै विश्नकपमा नकआउट चरणमा पुग्ने सम्भावना बनाएकाे छ। ।

जर्मनीका लागि विजेता गोल करोसले गरेका थिए।समूहको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ। स्विडेनलाई पराजीत गरेसँगै उसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। दक्षिण कोरियालाई हराएमा उसको दोश्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ।

खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो हाफको समाप्तीमा स्वीडेनसँग एक गोलले पछि परेको थियो। जर्मनीले खेलको ३२ औं मिनेटमा गोल खान पुगेको थियो। जर्मनीको पोस्टमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका थिए।

पहिलो हाफमा गोल खाएर दबाबमा परेको जर्मनीले दोश्रो हाफको सुरूवातमा गोल फर्काएर विश्वकपमा निरन्तर हुने संकेत देखाएकाे छ। जर्मनीले अन्तिम मिनेटसम्म  खेलमा  निकै राम्राे साहास बटुलेर दोश्रो गोल हानेर जित हासिल गरेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.