ताजा समाचार

चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङको लाजिम्पाटमा सिमा द मेकअप स्टुडियो संचालनमा

काठमाडौँ १७, असार । बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा “सिमा द मेकअप स्टुडियो” संचालनमा ल्याएकी छिन ।

चर्चित नायिकाहरु संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेको उक्त सिमा द मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फत संचालनमा ल्याईएको छ । उक्त अबसरमा चर्चित सेलेब्रेटिहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यबिद, कलाकार, संचारकर्मी समाजसेवी तथा अन्य सर्बसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमा तयार भई जाने क्रम बढ्दाे छ। यस्ता कार्यक्रममा जाँदा महिला हुन् वा पुरूष विशेष देखिन चाहन्छन्। साैन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाे प्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङले ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमा लिएर आएकी हुन् ।

सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकी छिन।उनि भन्छिन, ‘मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ ।’ साथै होम सर्भिस मेकअपको समेत ब्यबस्था गरेकी छिन ।

उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धि सम्पूर्ण मेकअप पनि गरिने छ। साथै सेलिब्रेटी तथा सर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी र सुटिङमा जान सक्ने बताउछिन सिमा गुरुङ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org