ताजा समाचार

अशोक दर्जीपछि सुनिल छिदाल बने भाइरल, सामाजिक संजालले बनायो छिदाललाई गायक (भिडियोसहित)

भारतमा सेक्युरिटी गार्डको काम गर्न गएका छिदाल गरिबी कै कारण गित रेकर्डिङ गर्न नपाएको बताउछन् तर अहिले भने उनको पहिलो गित रेकर्ड भएको छ

काठमाडाैं २०, असार । सामाजिक संजालले मानिसको जिवन परिवर्तन गरिदिएको कुरा हा,ि सबैले सुनेकै कुरा हो फेरि नेपाल लगायत भारतमा समेत रातारात भाइरल बनेका छन् सुनिल छिदाल !

उनलाई फेसबुकमा सुनिल छिदाल नाममा भेटाउन सकिन्छ । गरिब परिवारमा जन्मिएका उनी शारिरीक रुपमा समेत अपाङ्ग हुन् । तर, कला प्रतिभालाई शारिरीक अपाङ्गताले छेक्दैन भनेर सावित गरिदिएका छन् छिदालले ।

घरको कान्छो छोरा छिदाल आफ्नो आमालाई विश्वास दिलाउन छिमिकि मलुक भारतमा गएर सेक्युरिटि गार्डको काम समेत गरे । उनलाई लाग्दो रहेछ की आफू पनि हरु जस्तै का गरेर खान सक्छु यहि कुरा आफ्नो परिवारलाई विश्वासमा लिन उनी भारतमा गएको जनाउछन् ।

केहि समय पहिले अशोक दर्जी एकाएक सामाजिक संजालको प्रयोगले बाल गायक बने । अहिले उनलाई संगितकार तथा गायक टंक बुढ‍ाथोकिले साथमा लिएर बिदेशमा समेत प्रस्तुति दिइसकेका छन् ।

यस्तै, अहिले सुनिलको पनि पहिलो गित रेकर्डिङ हुँदै छ ।

सुनिलले विभिन्न गित गाएर आफ्नो फेसबुकमा पोस्ट गरेका छन् तिनै मध्येको एउटा गित ‘पिउदिन भन्दा भन्दै साथीले’ यसरी गुनगुनाएका छन् ।

यस्तै उनले अन्य थुप्रै गित गाएर फेसबुकमा पोस्ट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org