ताजा समाचार

अञ्जली अधिकारी ‘ढल्की ढल्की जान्छु माइत’ जाने भन्दै आइन (भिडियोसहित)

काठमाडाैं २४, असार । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर अन्जु गौत्तमको आवाजमा रहेको ‘ढल्की ढल्की जान्छु माइत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अन्जली अधिकारीले गितमा कम्मर मर्काएकी छिन् भने, अधिकारीलाई गितमा कासिश र ज्योतीले साथ दिएका छन् ।

गितलाई विन्ध्यावासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

बजारमा तिज गितको आेइरो लागेका बेला गाैतमले माैलिक गित मार्फत श्रोताको मन जित्ने विश्वास व्यक्त गरिन् ।

गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन ।  निकै सर्वोकृष्ट रुपमा तयार पारिएको भिडियोलाई चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस् भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org