ताजा समाचार

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडाैं २५, असार । अमेरीकामा छायांकन गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ ।

ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुको अभिनय रहेको छ ।

ईश्वर थापाको सम्पादनमा बनेको चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जनाइएको छ ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org