ताजा समाचार

ट्रिपर आतंक: जडिबुटीमा एक जनाको मृत्यु

काठमाडौं २६, असार । राजधानीको जडिबुटीमा ट्रिपरको  ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा भक्तपुरको सल्लाघारी स्थायी घर भएका रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएका छन् ।

मोटरसाईकल चालकको बायाँ खुट्टामा चोट लागेको छ । ट्रिपर चालक धादिङको धार्के गाउँपालिका स्थायी घर भएका हरिशरण राई र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घाइते ढुंगोलको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org