ताजा समाचार

सिक्वेल किङ ‘नाईं नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

ट्रेलर रिलिज भएसंगै चलचित्र प्रदर्शनको मिति समेत तय भएको छ

काठमाडाैं २६, असार । सिक्वेल किङ चलचित्र ‘नाईं नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी फिचर्ड छन् ।

फिल्म मार्फत अभिषेक नेपालले डेब्यू गर्दै छन्। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ।फिल्ममा दिलिप, निरुता, केकी, प्रियंका, स्वस्तिमासँगै जयनन्द लामा, बुद्धि तामाङ लगायतको अभिनय छ।

वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल  रहेका छन् । चलचित्रका गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

बिकास राज आचार्यले निर्देशन गरेको फिल्ममा सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ। फिल्म आगामी भदौ ८ मा प्रदर्शन हुनेछ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org