ताजा समाचार

क्यान्सरसँग लडिरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेकोले ट्वीटरमा सार्वनजिक गरिन अनाैठो लुक्स (भिडियोसहित)

काठमाडाैं २७, असार । ब्रेस्ट क्यान्सरको शिकार बनेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे यति बेला अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेकी छन्। उनले केही दिन अगाडि मात्रै आफूलाई हाई ग्रेडको क्यान्सर लागेको कुरा आफ्नो ट्वीटरमार्फत जानकारी दिएकी थिइन् ।

यस्तै सोनालीले हालै ट्वीटरमा आफ्नो परिवर्तन भएको नयाँ लुक्सलाई पोस्ट गरेकी छन् ।

भावुक हुँदै ४३ वर्षीया नायिका सोनालीले फोटोसँगै विशेष क्याप्सन पनि लेखेकी छिन् । उनी लेख्छिन्, ‘मलाई मनपर्ने लेखक इसाबेल एलेन्ड भन्छिन् कि जबसम्म हामी आफूभित्र लुकेको शक्तिलाई बाहिर निकाल्दैनौं तबसम्म हामी कति शक्तिशाली छौं भन्ने कुरा थाहा हुँदैन । कुनै दुर्घटना, युद्ध वा आवश्यकता पर्दा मानिसले निकै अद्भुत काम गर्छ । जिन्दगी जिउँने र त्यसको नविकरण गर्ने मानवीय क्षमता पनि अकल्पनीय छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org