बहुभाषिक कविगोष्ठी गोदावरिमा
ललितपुर २८,असार।नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गरे ।
कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो गाउँले (खस नेपाली), देवकी तिमिल्सिना (खस व्याँसी भाषा), उदिम किराती (थुलुङ् राई भाषा), विष्णु नेम्वाङ (लिम्बू), साङ्तेन वान्तवा (वान्तवा), बीना थिङ (तामाङ), मनिषा राई (थुलुङ राई) लगायत थिए।
कार्यक्रममा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै पूर्वी नेपालका उदयपुर, खोटाङ, भोजपुर आदि जिल्लमा बोलिने सो भाषा करीब दुई लाखले बोल्ने बताए । प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले कविता निरन्तर साधना गरिरहनुपर्ने विषय भएको र यो समयसापेक्ष हुनुपर्छ भने। प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख मातृका पोखरेलले आफूहरुले साधन र स्रोतअनुसार मातृभाषाको विकासमा प्रयास जारी राखेको बताए ।
संगीतकार तथा प्राज्ञ शान्तिराम राईले भाषालाई व्यावसायिक बनाउन सके मात्र पछिसम्म बाँच्ने बताए । लोकगीत अनुसन्धाता डा भक्त राईले भाषा संस्कृतिको जननी भएको बताउँदै यसलाई बोलेर, लेखेर तथा साहित्यको माध्यमबाट बचाउनुपर्छ भने । कवि नाकिमा नाकिनले भाषा सम्बन्धित जातिको प्रयासले नै बाँच्न सक्ने बताए।
सहआयोजक माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले मातृभाषाको विकासका लागि सबैको प्रतिनिधित्व हुने गरी सफल कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने बताए ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...