ताजा समाचार

समीरको ‘बिति जाने…’ (भिडियोसहित)

काठमाडौ २८, असार । गायक समीर हमालको नयाँ गीत ‘बिति जाने’ को भिडियो सार्वजनिक भएको छ । समिरको सोलो एल्बम ‘यो स्वार्थी’मा समेटिएको गीतको भिडियोमा स्नेहा गौतम र प्रविन श्रेष्ठले फिचरिङ गरेका छन् ।
प्रेमभावको गीत थाइल्याण्ड र काठमाडौंमा खिचिएको हो । गीतमा समिरकै शब्द र संगीत रहेको छ । भिडियोमा अजय शमशेर राणाको छायांकन, गोकुल कुँवरको निर्देशन छ ।
समिर सन् २००४ देखि २०१७ सम्म म्यासेन्जर व्याण्डमा आबद्ध थिए । व्याण्डमा हुँदा उनी गायक र लिड गिटारिष्ट थिए । उनका यसअघिका गीतहरु ‘जब म’, ‘नभन मेरो माया’, ‘आँखा’मा बोलका गीत श्रोताले रुचाएका गीतमा पर्दछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org