ताजा समाचार

‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको गित सार्वजनिक (भिडियोसहित)

काठमाडाैं २९, असार । नव गायक अमृत भारतीको  ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीतीचलचित्र कोटेश्वरको सिटि टावरमा एक भव्य कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।

लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा, सुरज पराजुली, बिमल काफ्ले र संजीव ठकुरीको अभिनय रहेको छ ।

गितमा भारतीले केहि नयाँ प्रयोग गरेका छन् । उनले गितलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । अहिले बजारमा गित संगितमा युवाहरुको नयाँ सोच र प्रयोगले नेपालको विभिन्न क्षेत्रलाई नेपाली माझ र विदेशी माझ चिनाउन सहज भएको छ ।

‘जुगल हिमाल शीर.. किन मान्छाै पीर, जान्छाै भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’ भन्दै गायक भारतीले सिन्धुपाल्चोकको पर्यटन तथा परिचयात्मक गितको सिर्जना गरेका छन् ।

भारती र राजकुमार नेपालीले संगित भरेको गितमा लय तथा शब्द भने गायक भारतीकै रहेको छ ।

गितलको छायांकन भने सिन्धुपाल्चोकर काठमाडाैंको विभिन्न स्थानमा गरिएको गायक भारतीले जनाका छन् ।

नव गायक भारती सिन्धुपाल्चोकको विकट गाँउमा जन्मेका हुन् ।  सिन्धुपाल्चोकको कुन्चोक भन्ने ठाँउमा जन्मेका उनी नेपाली गित संगित प्रति अत्यन्तै लगाव राख्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org