ताजा समाचार

बेनीबजारको शिरमा रामायण पार्क निर्माण हुदै

म्याग्दी २९,असार।सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ ।

बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी गरेको हो ।

परामर्शदाता कम्पनीमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिमचरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनोट गरेको छ ।

चालु आर्थिक वर्षमा रु चालीस लाख विनियोजन भएको रामयण पार्क बनाउने योजनालाई पूर्णता दिन आगामी वर्षका लागि रु ४२ लाख विनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।

पुलाश्रममा रावण जन्मिएको ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए। रामायणपार्क निर्माण भएपछि म्याग्दी हुँदै मुक्तिनाथ र मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटकलाई बेनीमा अडाउन सकिने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।

क्षेत्री समाज भवन निर्माण

बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ ।

ज्यामरुककोटमा रहेका क्षेत्रीबाट यथाशक्य चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलबहादुर कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीका अनुसार न्यूनतम तीन हजार भन्दामाथि चन्दा दिने दाताको नाम शिलालेखमा अंकित गरिने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org