ताजा समाचार

कोमल वलीको राजनीतिक प्रतिबद्वता ‘माननीय ज्यू’ बोलको तीज गित सार्वजनिक (भिडियोसहित)

काठमाडाैं ३०, असार । नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुलाई भ्याईनभ्याई छ । गायक–गायिकाहरु तीजका गीत गाउँनमा व्यस्त छन् त मोडलहरु नाँच्नमा व्यस्त बनेका छन् । यस्तै, गायिका, पूर्व समाचार वाचिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले तीज गितका रुपमा ‘माननीय ज्यु’  सार्वजनिक गरेकी छन् ।

कोमल वलीले पशुपति शर्मासंग गितमा सहकार्य गर्दै आएका छन् कहिले कुनै त कहिले कुनै गितमा दिदिभाईको भुमिकामा गित सार्वजनिक गर्दै आएका उनीहरु यसपाली भने कोमाल आेलीको राजनीतिक कमिटमेन्ट सहितको तीज गित लिएर बजारमा आएका छन्  ।

पशुपति शर्माको लय तथा शब्दमा गायिका वली र शर्माले स्वर भरेका छन् । भने, अभिनय समेत आफेैले गरेका छन् । दुर्गा पाैडेलको निर्देशनमा बनाइएको गितलाई पवित्रा आचार्यले कोरियोग्राफि गरेकी छन् ।

गित सार्वजनिक भएपछि गायिका वलीले आफ्ने फेसबुकमा गित मात्र नभई आफ्नो प्रतिबद्वता समेत भएको जनाएकी छन् ।

कोमाल वलीले फेसबुकमा आफ्नो भिडियो सेयर गर्दै यस्तो लेखेकी छन् ।

गितमा नेपाली राजनीतिमा हुने सवै खाले भ्रष्टाचारजन्य कुराहरु र नेताहरुलाई कोशेलीका रुपमा ल्याइदिएका उपहार र उपहार पश्चात गरिने कुराहरुलाई प्रस्तुत गरिएको छ ।

हेेर्नुहोस भिडियो्:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org