ताजा समाचार

फ्रान्स इतिहास दोहोर्‍याउने, क्रोएसिया नयाँ ईतिहाँस रच्ने दाउमा

काठमाण्डाैँ  ३१,असार । २१ औं विश्वकपको उपाधि चुम्ने  दाउँ रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य उपाधिको लागि उत्कृष्ट क्षमता प्रस्तुत गर्दै  धेरै खुड्किला पार गरि  उपाधि जित्ने  होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को  अब्बल भन्ने प्रश्न आज राति बाट अन्त्य हुने भएको छ ।

फ्रान्सले आफूलाई क्रोएसिया भन्दा बलियो रहेको दाबी गरिरहेको भने यस्तै बलिया बनिएका  टोलीलाई धुलो चटाउँदै फाइनल स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधि हात पारि नयाँ ईतिहास रच्ने दाउ मा छ ।

फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोहोर्‍याउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको इतिहास छ । फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । अहिले उनै डिडियरले टोलीको प्रशिक्षण सम्हालेका छन् । डिडियर फ्रान्सलाई प्रशिक्षकका रूपमा पनि उपाधि दिलाउन चाहन्छन् ।

‘फाइनल जित्ने टोलीको दृढता बलियो छ । हाम्रो रक्षा, मध्य र अग्रपंक्ति सन्तुलित छ । हामीले एउटै कुरा देखेका छौं, त्यो हो उपाधि । त्यसका लागि हामी उत्कृष्ट फुटबल खेल्दैछौं’, डिडियरले भनेका छन् । फ्रान्स टोली इतिहासकै बलियो भएको पनि डिडियरले दाबी गरे ।

यसैगरी पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो ।

पहिलो सहभागितामै क्रोएसियालाई फ्रान्सले सेमिफाइनलमै २–१ गोलले पराजित गर्‍यो । त्यसैले विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ । विश्वकपमा हालसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरेका यी दुई टोलीबीच समग्रमा पाँचपटक भिडन्त भएको छ । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।

सेमिफाइनलमा सुरुआती अग्रता लिएको बलियो इङ्ल्यान्डलाई अतिरिक्त समयमा हराउँदै पहिलोपटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया समूह चरणदेखि नै उत्कृष्ट लयमा छ । ‘हामीले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेका छौं । विपक्षी फ्रान्सलाई कम आँकेका छैनौं । तर, सुन्दर फुटबल खेल्दै उपाधि जित्न हामी कुनै कसर बाँकी राख्नेछैनौं’, प्रशिक्षक ज्लाट्को डालिचले भने । आक्रामक र रक्षात्मक दुवै रणनीतिमा अब्बल देखिएको क्रोएसियासँग मध्यपंक्ति पनि सन्तुलित छ ।

फ्रान्सले उपाधि जितेर इतिहास दोहोर्‍याउनेछ भने क्रोएसिया उपाधि जितेर  नयाँ विजेता टोली जन्मिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org